Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

टोकियो – जापानमा किन कोभिड-१९ का कारण धेरै मानिसको मृत्यु भएको छैन? यो जटिल प्रश्नको उत्तरमा जापानी जीवनशैलीदेखि नागरिकहरूको उच्चतम प्रतिरोध क्षमतासम्म अनेकौँ कारण भएको हुनसक्ने दाबी गरिएको छ।

जापानमा कोभिड मृत्युदर विश्वकै थोरै छ भन्ने होइन किनकि त्यही क्षेत्रमा दक्षिण कोरिया, ताइवान, हङकङ र भियतनाम यसका यो भन्दा धेरै उदाहरणीय मानिन्छन् ।

तर २०२० को सुरुवातमा जापानमा वास्तवमै औसतभन्दा धेरै कम मृत्यु दर रहेको छ जबकी यो राष्ट्रलाई धेरै पक्षका आधारमा अत्यन्तै संवेदनशील मुलुक मानिएको थियो ।

कोभिड-१९ को बढी जोखिम हुने पर्याप्त कारण भए पनि जापानले कोरोनाभाइरस नियन्त्रण गर्न अन्य छिमेकी राष्ट्रले जस्तो कडा उपाय अवलम्बन नगरेको अवस्थितिमा कम मृत्युलाई आश्चर्यजनक छ।

के भएको थियो जापानमा ?

फेब्रुअरी महिनामा वुहानमा कोरोनाभाइरस महामारी उत्कर्षमा पुग्दा विश्वले चिनियाँ यात्रुहरूलाई प्रवेश दिएनन्। तर जापानले आफ्नो सीमा बन्द गरेन।

यसपछि भाइरस बिस्तारै सबैतिर फैलँदै जाँदा यसले विशेषगरी वृद्धहरुको ज्यान लिने गरेको अनि नजिकी सम्पर्कबाट सर्न सक्छ भन्ने पत्ता लाग्यो ।

जापानमा अन्य देशको भन्दा वृद्धवृद्धाको जनसङ्ख्या बढी छ भने ठूलो सहरमा जनघनत्व पनि बढी छ।

त्यसैले जापान नराम्ररी संक्रमण फैलने जोखिममा थियो । जस्तै राजधानी टोकियोमा मात्र ३ करोड ७० लाख मानिसहरु बसोबास गर्छन् भने अधिकांशको यात्राको साधन भनेको सार्वजनिक रेल रहेको छ ।

यति मात्र नभएर विश्व स्वास्थ्य संगठनले भाइरसविरुद्ध दिएको सबैभन्दा महत्वपूर्ण सुझाव, ‘टेस्ट टेस्ट अनि टेस्ट’ लाई पनि जापानले त्यति आज्ञाकारी रुपमा अपनाएन ।

जापानले अहिलेसम्म परीक्षण दर कुल जनसङ्ख्याको ०.३ प्रतिशत अर्थात् ३ लाख ४८ हजार मात्र रहेको छ । मानिसको मात्रै पीसीआर विधिबाट परीक्षण भएको छ।

यसैगरी जापानले अहिलेसम्म युरोप जति गम्भीरतापूर्वक लकडाउन पनि जारी गरेको छैन ।

एप्रिलको सुरुमा सरकारले सङ्कटकाल घोषणा गर्‍यो। तर घरमै बस्ने कुरा ऐच्छिक थियो।

अत्यावश्यकबाहेक अन्य व्यापार तथा व्यवसायलाई बन्द गर्न आग्रह गरिएको थियो तर बन्द गर्न नमान्नेलाई दण्डको व्यवस्था थिएन।

यसरी कोभिडविरुद्ध सफल मानिएका प्रायः देशहरु जस्तै न्युजिल्यान्ड र भियतनामाले कडा लकडाउन, बन्द सिमाना र परीक्षणको दायरा बढाएर नै ठूलो उपलब्धी हासिल गरेका छन् तर यता जापानले तीमध्ये कुनै पनि नअपनाइ, कोरोना नियन्त्रण गर्न सफल भएको हो । यसरी पहिलो कोभिड संक्रमित फेला परेको पाँच महिनापछि पनि जापानमा मृत्यु हुनेको सङ्ख्या १ हजार भन्दा थोरै छ ।

जापानमा के विशेष छ?

जापानका उपप्रधानमन्त्री तारो आसोले जापानी जनताको “विशिष्ट गुण” का कारण कोभिड-१९ नियन्त्रित भएको बताएका छन्।

उनका अनुसार विदेशी नेताहरूले आफूलाई जापानको सफलताको कारण सोध्दा आफूले “जापानी जनताको सांस्कृतिक हैसियतका कारण” त्यो सम्भव भएको बताएका थिए।

साम्राज्य विस्तारको युगमा हुँदा जापानीहरूमा जातीय र सांस्कृतिक विशिष्टताको भाव थियो। आसोको भनाइमा अहङ्कार भएको भन्दै व्यापक आलोचना भएको थियो।

तर धेरै जापानी र वैज्ञानिकहरू केही कारणले जापानी नागरिकहरूलाई कोभिड-१९ लाई जोगाएको छ भन्नेमा विश्वस्त छन्।

जापानीहरूले अरूलाई अभिवादन गर्दा हतपत अङ्कमाल र चुम्बन नगर्ने तथा एकआपसमा दूरी राख्ने भएकाले पनि सङ्क्रमण नफैलिएको हुनसक्छ।

के जापानीहरूमा विशिष्ट प्रतिरोध क्षमता छ?

टोकियो युनिभर्सिटीका प्रोफेसर टासुहिको कोदामाले बिरामीहरुमा भाइरसको असरबारे अध्ययन गर्दै आएका छन् र उनका अनुसार जापानले कोभिड जस्तो रोगको पहिलो पनि सामना गरिसकेको हुनुपर्छ । कोभिड–१९ नै नभए पनि जापानीहरुले ऐतिहासिक रुपमा त्यस्तै किसिमको रोग अनुभव गरिसकेको उनको विश्वास छ ।

उनी भन्छन्, “भाइरस पसेपछि शरीरको प्रतिरक्षा प्रणालीले बाह्य तत्त्वलाई आक्रमण गर्न एन्टीबडीहरू बनाउँछ।”

एन्टीबडीहरू दुई प्रकारका हुन्छन् – आईजीएम र आईजीजी। तिनले कसरी प्रतिक्रिया गर्छन् भन्ने कुराले व्यक्तिलाई पहिला उक्त भाइरस वा त्यससँग मिल्दोजुल्दो अन्य भाइरसको सङ्क्रमण भएको वा नभएको देखाउँछ।
उनका अनुसार पहिलो भाइरल सङ्क्रमणमा प्रतिकारका लागि आईजीएम आउँछ भने आईजीजी बिस्तारै पछि आउँछ। तर दोहोर्‍याएर भएको सङ्क्रमणमा केवल आईजीजीको प्रतिक्रिया हुन्छ।

आफूले परीक्षण गरेका व्यक्तिमा देखिएको प्रतिक्रिया सुनाउँदै उनले भने, “परीक्षणहरू हेर्दा हामी छक्क पर्‍यौँ… सबै बिरामीमा आईजीजीको प्रतिक्रिया चाँडो देखियो भने आईजीएमको प्रतिक्रिया ढिलो र फितलो थियो।”

“उनीहरूलाई पहिला नै उस्तै भाइरसको सङ्क्रमण भइसकेको जस्तो देखिन्थ्यो।”

सार्सजस्तो भाइरस पहिला पनि फैलिएकाले अहिले जापान, चीनको धेरै भाग, दक्षिण कोरिया, ताइवान, हङ्कङ र दक्षिणपूर्वी एशियामा कम मृत्युदर भएको हुनसक्ने उनको अनुमान छ।

कतिपय वैज्ञानिकको मत के छ भने, व्यक्तिगत स्वास्थ्य र सङ्क्रमणका बारेमा सचेत नागरिक भएका मुलुकमा कोरोना फैलन पाएन। जापानमा १९१९ को फ्लु महामारीको समयदेखि नै मास्क लगाउने चलन बसेको छ। जापानमा वरिपरि रहेका मानिसलाई रुघाखोकी लागेको थाहा हुँदासाथ मास्क लगाइहालिन्छ।

मास्कले दुई ढङ्गमा काम गर्छ– पहिलो, मास्क लगाएपछि सङ्क्रमण फैलँदैन। अर्को, कसैले मास्क लगाएको छ भने उसलाई फ्लु वा अन्य केही समस्या छ भन्ने थाहा हुन्छ र मानिसहरु सतर्क भइहाल्छन्।

जापानले विगतबाट पाठ सिक्ने गरेको देखिन्छ। १९१९ को फ्लुले मास्क लगाउन सिकाएजस्तै १९५० को दशकमा त्यहाँ फैलिएको टीबीको समयदेखि नै सरकारले स्वास्थ्य सेवा विकसित गर्न थाल्यो। कन्ट्र्याक्ट ट्रेसिङको त जापानमा उच्च तहको व्यवस्था छ। यसले कुनै पनि महामारीबाट जोगिन ठूलो मद्दत गर्छ।

जापानलाई कोरोना नियन्त्रणमा मिलेको सफलताको कारण कुनै एउटा मात्र छैन। स्मार्ट जापानी नागरिक भाग्यमानी पनि छन्। त्यहाँको सरकारले जनतालाई आफ्नो ख्याल राख्न, भीडभाडमा नजान, सधैँ मास्क लगाउन र नियमित हात धोइररहन आग्रह गर्यो र अधिकांश जनताले यी सबै कुराको पूर्ण पालन गरे जसले नै ठूलो क्षति हुनबाट यो देशलाई बचाएको छ ।

(बीबीसीको सहयोगमा)

तपाईको प्रतिक्रिया