Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

पोखरा – गण्डकी प्रदेशमा सोमबार थप १७ जनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले सोमबार अपराहन्न दिएको अपडेट अनुसार प्रदेशका ३ जिल्लाका थप १७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

नयाँ संक्रमितहरुमा लमजुङका ११ जना, कास्कीका एक जना र बाग्लुङका ५ जना रहेका छन् । नयाँ संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

गण्डकी प्रदेशमा अहिलेसम्म कोरोनको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । त्यस्तै योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या एक हजार ११३ पुगेको छ ।

तपाईको प्रतिक्रिया