Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौँ – संसारमा कोरोना भाइरसबाट १ करोड १४ लाख ७१ हजार ४४ जना मानिस संक्रमित भएका छन् । यीमध्ये ६४ लाख ८९ हजार ४२२ बिरामी ठिक भइसकेका छन् ।

५ लाख ३५ हजार ९० मानिसको मृत्यू भइसकेको छ । यसैबीच ३२ देशका २३९ जना वैज्ञानिकहरुले कोरोना महामारीलाई लिएर एउटा खुला पत्र लेखेका छन् । उनीहरुले कोरोना भाइरस हावाबाट पनि फैलने दावी गरेका छन् ।
२ सयभन्दा बढी वैज्ञानिकहरूले हावाको कणबाट पनि कोरोना भाइरसको संक्रमण फैलिन सक्ने दाबी गरेका छन् ।

विभिन्न ३२ देशका २३९ जना वैज्ञानिकले गरेको अध्ययनले हावाको स-साना कणमा पनि कोरोना भाइरस भेटिएको र त्यसबाट पनि संक्रमण फैलने दाबी गरिएको हो ।

डब्लूएचओले कोभिड–१९ बाट संक्रमित व्यक्तिले खोक्दा वा हाँच्छ्यिु गर्दा उसको नाक र मुखबाट निस्कन पानीका थोपाका कणहरुबाट कोरोनाभाइरस मानिसबाट मानिसमा सर्ने बताउँदै आएको छ ।

न्युयोर्क टाइम्समा प्रकाशित रिपोर्टका अनुसारं ३२ देशका २३९ जना वैज्ञानिहरुले डब्लूएचओलाई पत्र लेख्दै हावाको स–साना कणमा रहेका कोरोनाभाइरसले पनि मानिसलाई संक्रमित बनाउने तथ्य फेला पारेको जानकारी दिएका हुन् । उनीहरुले आफ्नो अनुसन्धानलाई अगामी हप्ता प्रकाशित गर्ने तयारी गरेका छन् ।

तपाईको प्रतिक्रिया