Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फोहर पानीको ढलमा कोभिड-१९ को सङ्क्रमण देखिएको प्रमाण कहीँकतै फेला नपरेको बताएको छ । आज मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ढलको पानीमा कोभिड-१९ को भाइरसको पहिचान भए पनि यसको माध्यमबाट मानिसमा भाइरस सार्नसक्ने सम्भावना अध्ययनले पुष्टि नगरेको बताउनुभयो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

‘हालै राजधानीको ढलको पानी नमूना परीक्षण गर्दा कोभिड-१९ को सङ्क्रमण देखिएको भन्ने दाबीप्रति ध्यानाकर्षण भएको छ’, उहाँले भन्नुभयो, ‘विश्वमा अन्यत्र भएको अध्ययनले कोभिड-१९ को सङ्क्रमित भएको अवस्थामा वा निको भएपछि पनि ढलका कोभिड-१९ को व्यक्तिको भाइरसको टुक्राटाक्री भेटिएको देखिन्छ जुन सामान्यता रोग सार्ने खालको हुँदैन ।’

ढलको पानीमा कोभिड-१९ को सङ्क्रमणको सम्भावना र अन्य सङ्क्रमण रोगका किटाणु प्रशस्त्रमात्रामा हुने हुनाले ढलको फहोर पानीको भने उचित प्रशोधन र व्यवस्थापन हुनु आवश्यक रहेको उहाँको भनाइ छ । मन्त्रालयका प्रवक्ता डा गौतमले ढलको पानीमा कोभिड-१९ को अंश भेटियो भन्दैमा समुदायमा सङ्क्रमण फैलिएर जटिल अवस्था सिर्जना भएको भन्न नमिल्ने बताउनुभयो ।

‘ढलमा हाल केकस्ता भाइरस भेटिएका हुन त्यसको आधिकारिकताको थप अध्ययन नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सहयोगमा मन्त्रालयले गर्नेछ’, उहाँले भन्नुभयो, ‘ढलको पानीमा भाइरस देखियो भन्दैमा कुनै पनि व्यक्ति नआत्तिन र नडराउन अनुरोध गर्दछौँ ।’

उहाँका अनुसार विभिन्न अध्ययन अनुसन्धानले कोभिड-१९ भाइरस सामान्य तापक्रमको पानी, क्लोरिन जस्तो जिवाणुनाशक औषधि राखिएको फोहर पानीमा वा अस्पतालबाट निस्कने ढलको पानीमा पनि दुई दिनसम्म बाँच्ने देखिएको छ ।

ढलको पानीमा आधारित इमिडोयोलोजी विधिले ढलमा रहको पानीका माध्यमबाट मानिसमा कोरोना भाइरस फैलिन्छ भन्ने विषय नभई सो पानीमा रहेको जीवाणु र विषाणुको पहिचान तथा मात्रा तय गरी त्यसका आधारमा समुदायमा सङ्क्रमणको अवस्था बुझ्न सकिने उहाँको भनाइ थियो ।

प्रवक्ता डा. गौतमका अनुसार कोभिड-१९ को सङ्क्रमण हुने मुख्य दुई माध्यमले सर्ने गर्दछ । तीमध्ये पहिलो श्वासप्रश्वासका माध्यमबाट सङ्क्रमति व्यक्तिले हाँछ्यु वा खोक्दा नजिकमा रहेका व्यक्तिलाई छिटाका माध्यमबाट सर्ने गर्दछ ।

त्यस्तै सङ्क्रमित व्यक्तिको हातले कुनै वस्तु छोएमा त्यस्तो वस्तुमा भाइरस केही घण्टा जीवित हुने गर्दछ र त्यही व्यक्तिले छोएको ठाउँमा अन्य व्यक्तिले छुँदा, छोएको हातले मुख, नाक र आँखामा लैजादा भाइरस सर्ने बताइन्छ ।

तपाईको प्रतिक्रिया