Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – छिमेकी देश भारतमा पनि कोरोना संक्रमण दिनहुँ भयावह रुपमा बढिरहेको छ । शनिबार भारत कोरोनाबाट सबैभन्दा बढी मानिसको मृत्यु हुने देशको तेस्रो स्थानमा पुगेको छ ।

कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा भारतमा ६१० जनाले ज्यान गुमाएका छन् । गएको २४ घण्टामा कोरोना संक्रमणबाट सबैभन्दा धेरै ब्राजिलमा एक हजार १११ जनाले ज्यान गुमाएको वल्र्डओमिटरले जनाएको छ । यस्तै मेक्सिकोमा ६५४ जनाले ज्यान गुमाए ।

भारतमा शनिबार एकै दिन २४ हजार २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा संक्रमितको संख्या ६ लाख ७३ हजार ९०४ पुगेको छ । भारतमा अहिलेसम्म कोरोनाबाट १९ हजार २७९ जनाले ज्यान गुमाएका छन् ।

तपाईको प्रतिक्रिया