Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

नयाँ दिल्ली – विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले विश्वमामहामारीको रुपमा फैलिएको कोरोना संक्रमणको बारेमा अनुसन्धान गर्न अर्काे हप्ता चीन जाने भएका छन् । कोभिड-१९को उत्पत्तिको बारेमा अनुसन्धान गर्न उनीहरु चीन जाने भएको जानकारी उक्त संगठनले दिएको हो ।

यसअघि उक्त संगठनले चीनको वुहानबाट शुरु भएको भनिएको सो महामारीको अनुसन्धान गर्ने जनाएको थियो । तर यस विषयमा चीन र विश्व स्वास्थ्य संगठनले कहिले जाने भन्ने बारेमा सहमति गर्न सकेका थिएनन् । कोभिड-१९ को महामारी गएको डिसेम्बर महिनाको अन्त्यतिरबाट चीनको वुहान सहरबाट शुरु भएको बताइएको छ ।

उक्त महामारीले अहिले विश्वमा पाँच लाखभन्दा बढी नागरिकको ज्यान लिइसकेको छ । त्यस्तै एक करोड भन्दा बढी मानिस यस संक्रमणबाट संक्रमित भएका बताइएको छ । चीनमा पनि यस संक्रमणले चार हजार भन्दा बढीको मृत्यु भएको थियो । प्राप्त समाचारअनुसार चीनमा यस भाइरसको संक्रमण शुरु भएको करिब छ महिनापछि विश्व स्वास्थ्य संगठनका विज्ञहरु त्यहाँ पुग्ने भएका छन् ।

यसको संक्रमण अझै पनि कम भएको छैन । उक्त संगठनले शनिबार मात्र पनि विश्वमा कोरोना भाइरस संक्रमितको सङ्ख्या बढ्ने क्रममा नै रहेको बताउँदै प्रभावित सबै मुलुकहरूलाई संक्रमण फैलिन नदिन आवश्यक उपायको अवलम्वन गर्न भनेको थियो ।

विश्वका सबै देशका नागरिकले कोभिड-१९ संक्रमण दरमा कमी नआएको यथार्थलाई मध्यनजर गर्दै सचेत बन्नुपर्ने आजको आवश्यकता रहेको भन्दै विश्व स्वास्थ्य संगठनका आपतकालीन सेवा निर्देशक मिखायल ¥यानले सो आग्रह गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया