बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

काठमाडौँ – बलिउडमा चर्चित कोरियोग्राफर सरोज खानको ७२ वर्षको उमेरमा निधन भएको छ ।
उनी केही दिन यता बिरामी परेकी थिइन् । २० जुनमा उनलाई सास फेर्न समस्या भएपछि अस्पतालमा भर्ना गरिएको थियो । मुम्बईको बान्द्रामा रहेको अस्पतालमा नै उनको निधन भएको हो ।

समाचार एजेन्सी एएनआईका अनुसार उनलाई गत राति मुटुमा समस्या देखिएको थियो । केही दिनअघि मात्र उनको कोरोनाभाइरस परीक्षण पनि गरिएको थियो तर रिपोर्ट नेगेटिभ आएको थियो ।

तपाईको प्रतिक्रिया