शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

काठमाडौं – काठमाडौं उपत्यकामा बुधबार थप १७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन् ।

डा. गौतमका अनुसार संक्रमित हुनेमा काठमाडौंका ५ महिला र ५ पुरुष गरि १० जना, भक्तपुर एक पुरुष र एक महिला गरि दुई जना तथा ललितपुरका ३ महिला र २ पुरुष गरी ५ जनासहित काठमाडौँ उपत्यकामा कुल १७ जनामा कोरोना संक्रमण देखिएको हो ।

यसअघि सोमबार मात्रै उपत्यकामा ८ जना र मंगलबार १४ जनामा कोरोना संक्रमण देखिएको थियो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मंगलबार थप ४८२ नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ ।

तपाईको प्रतिक्रिया