आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – जापानमा न त खेती गर्न पर्याप्त जमिन छ न त किसान नै  ।

त्यसैले जापानले कृषिमा प्रविधी र यान्त्रिकरण बढाइरहेका छ भने उच्च प्रविधिको प्रयोगले बाली उमार्न अहिले खेतको आवश्यक पनि घट्दै गइरहेको छ ।

ग्रिनहाउसेज र हाइड्रोपोनिक्स (बिना जमिन बाली उमार्ने प्रविधि, जसमा खनिज र पोषक तत्वको प्रयोग पानीको घोलमा प्रयोग गरिन्छ) का साथै जापान अब फलफूल र तरकारी उत्पादनमा पनि यही प्रविधिको प्रयोग गर्न थालेको छ ।

बालीमा कीटनाशक छर्न अहिले धेरैजसो ड्रोनको प्रयोग गर्न थालिएको छ । बालीमा कीटनाशक छर्न मानिसले पूरै एक दिन खर्च गर्दै आएकोमा अहिले ड्रोनले त्यो काम आधा घन्टामा पूरा गरिदिन्छ ।

भवनका भुइँदेखि लिएर छतसम्म सेल्फ बनाएर खेती गर्नका लागि जापानको चिवाको मिराई समूह सबैभन्दा महत्वपूर्ण काम गरिरहेको छ । यो समूहले हरेक दिन १० हजार मानिसका लागि सलादमा प्रयोग हुने लेट्युस फलाइरहेको छ ।

परम्परागत तरिकाको तुलनामा यो प्रविधिमा उत्पादन एक सय गुना बढी हुन्छ । सेन्सर उपकरणको सट्टा कम्पनीले कृत्रिमा प्रकाश, द्रव पोषक, कार्बन डायाक्साइडको स्तर र तापमानको नियन्त्रित राख्दछ । कृत्रिम प्रकाशबाट बिरुवालाई तीव्रगतिमा बढाइन्छ र रोग लाग्नबाट जोगाइन्छ ।

धेरै ऊर्जा प्रयोग हुनुका बाबजुद विगत एक दशकमा यसरी बाली उमार्ने कम्पनीको संख्या जापानमा तीनगुनाले बढेको छ ।

जापानमा आवश्यकताको केबल ४० प्रतिशतमात्र अन्नबाली उत्पादन हुन्छ । जापानको ८५ प्रतिशत भूभाग पहाडी छ । खेतीयोग्य जमिनको अधिकांश हिस्सामा धानखेती मात्र हुन्छ । त्यसैले चामल नै जापानी नागरिकको प्रमुख भोजन रहेको छ ।

(बिजशालाबाट)

तपाईको प्रतिक्रिया