बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

काठमाडौँ – भारतमा चर्चित एप टिकटक प्रतिबन्ध भएको छ । भारत सरकारले टिकटक, विच्याट लगायत ५९ वटा चिनियाँ एपमा प्रतिबन्ध लगाएको हो ।

चीनसँग सीमा विवाद बढेसँगै भारतले चिनियाँ एपहरुलाई प्रतिबन्ध लगाएको हो । नेशनल सेकुरिटीको कारण देखाउँदै भारत सरकारले ती एपहरुमा प्रतिबन्ध लगाएको बताएको छ ।

भारतमा पछिल्लो समय चिनियाँ सामानलाई प्रतिबन्ध लगाउने वा बोयकट गर्ने प्रवृति अगाडि आएको छ ।

केही व्यक्तिले चिनियाँ ब्राण्डका टिभी, फ्रिज लगायत अन्य बस्तुहरु फाल्ने, फोड्ने जस्ता कार्यहरु पनि गर्दै आइरहेका छन् ।

पछिल्लो समय सरकारको सक्रियतामा नै चिनियाँ एपहरुमाथि प्रतिबन्ध लागेको हो । यसबारे आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टिप्पणी समेत गर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया