Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसको महामारीको सबैभन्दा खराब चरण आउन बाँकी नै रहेको बताएको छ । डब्ल्यूएचओका प्रमुख टेड्रोसले कोरोनाको  महामारीको सबैभन्दा नराम्रो रूप अझै प्रकट भइनसकेको भन्दै विश्वभरिका सरकारहरूले सही नीतिहरु नअपनाए यसले थप मानिसलाई संक्रमण गर्ने बताएका छन् ।

सोमबार एक भर्चुअल ब्रिफिङ्गमा टेड्रोसले भने, “हामी सबै चाहन्छौं यो अन्त्य होस् । हामी सबै आफ्नो दैनिक जीवनमा फर्कन चाहन्छौं । तर कटु सत्य यो हो कि हामी यस महामारीको अन्त्यबाट अझै टाढा छौं ।”

केही देशमा संक्रमण कम भए पनि समग्रमा कोरोना संक्रमण नरोकिएको भन्दै संक्रमण अझै द्रुत गतिमा फैलिरहेको डब्ल्यूएचओले जनाएको छ । तर पनि यसको समस्याको समाधान भने ननिस्किएको भन्दै डब्ल्यूएचओले भनेको छ, “हामीले पहिचान गरेका ती व्यक्तिहरू जस्तै राष्ट्रिय एकतामा कमी, विश्वव्यापी एकतामा कमी, र विभाजित संसारले भाइरसलाई फैलाउन मद्दत गरिरहेको छ । त्यसैले खराब समय आउन बाँकी छ ।”

टेड्रोसले जर्मनी, दक्षिण कोरिया, जापानले अपनाएको रणनीति  अवलम्बन  गर्न सल्लाह दिएका छन् जहाँलगातार ट्रेसिङ गर्दै परीक्षणको दायरा बढाइरहेका छन् ।

हालसम्म विश्वका एक करोड मानिसमा कोरोना संक्रमण देखिसकेको छ भने ५ लाख संक्रमितको मृत्यु भइसकेको बीबीसीले जनाएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया