Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – नेपालमा थप १ सय २१ जना कोरोनालाई जितेर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा १३ महिला र १०८ पुरुष गरी मुलुकभर १२१ जना संक्रमित निको भएर डिस्चार्ज भएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ सय २१ जना कोरोना मुक्त भएसँगै नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या ३ हजार १३४ पुगेको छ ।

सोमबारसम्म नेपालमा आरडीटी विधिबाट २ लाख ९७ हजार ८७१ नमुना परीक्षण भएका छन् । २४ घण्टामा १ हजार ८२२ आरडीटी परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म २ लाख २३ हजार ६३० परीक्षणहरु गरिएका छन् र २४ घण्टामा ७ हजार ७९१ परीक्षण भएका छन् ।

तपाईको प्रतिक्रिया