आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – जापानको इहिमे प्रान्तमा रहेको आओशिमा टापुमा संसारका सब भन्दा धेरै बिरालाहरू पाइन्छन् । यसकारण यसलाई बिरालो द्वीप पनि भनिन्छ ।

आओशिमा टापुमा मानव जनसंख्या भन्दा ६ गुणा धेरै बिरालाहरू रहेका छन् ।

एउटा तथ्याङकका अनुसार सन् १९४५ मा यस टापुमा ९०० बिरालाहरु बस्दै आएका थिए ।

तर अहिले बिरालाहरूको संख्या बढेको छ । यस टापुमा बिरालाहरूको संख्या तिव्र रुपमा बढ्दैछ ।

प्रारम्भमा दोस्रो विश्वयुद्ध पछि केहि मानिस यस टापुमा आएर बसोबास गरेको इतिहास रहेको छ ।

यहाँ मान्छेहरू माछा मार्ने व्यवसाय गर्थे । यस बाहेक, यस आइसल्याण्डमा कपडाको काम पनि गरिएको थियो ।

तर अचानक मुसाको आतंक सुरु भएपछी कपडा व्यवसायीहरू क्षतिबाट निकै ठुलो पिडामा परेका थिए । मुसाको आतंकबाट मुक्त हुन व्यवसायीहरूले समस्याको समाधान खोज्न थाले र बिरालाहरू पाल्न थाले ।

बिरालाहरू घरमा हुर्काउन सुरु गरेपछि सकारात्मक नतीजा पनि आउन थाल्यो ।

मुसा नियन्त्रण गर्न सफल भएपछि यहाँ क्षति हुन पनि छाड्यो । मानिसहरु आफ्नो कामको बारेमा उत्साहित थिए ।

तर मान्छेहरुको  बढ्दो चाहानाले यहाँको जीवनदेखि खुःशी हुन सकेनन् । टापुमा जीवन सुधार गर्न कुनै आवश्यक सुविधा थिएन । सम्पूर्ण टापुमा एउटा मात्र स्कूल थियो । त्यो पनि चाँडै बन्द भयो । अस्पताल र बजारको सुविधा थिएन । नतिजा स्वरूप, यहाँका मान्छेहरु शहरतिर बसाई सर्न उत्प्रेरित हुन थाले ।

त्यस पछि, आइसल्याण्ड बिस्तारै मानवविहीन हुँदै गयो ।

एकातिर, मानिसहरूको संख्या घट्दै गइरहेको थियो, अर्कोतर्फ बिरालाहरूको प्रजनन जारी थियो ।

यस कारणले गर्दा यस टापुमा बिरालाहरूको संख्या मानवको भन्दा बढी भयो ।

यस टापुमा अहिले पनि छिटपुट मान्छेहरु बस्ने गरेका छन् । अहिले पर्यटकहरुका लागि एक आर्कषक केन्द्रका रुपमा पनि यो टापु रहेको छ ।

जापानका मानिस बिरालोलाई धेरै माया गर्छन ।

जापानीहरु बिरालो पाल्नु उनीहरूका लागि धेरै शुभ हुन्छ भन्ने विश्वास गर्दछन् ।

जापानी मानिसहरुको बिरालोहरुसंग लामो सम्बन्ध रहेको छ ।

 

तपाईको प्रतिक्रिया