Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौँ – जापानको एउटा कम्पनीले क्लोरिन क्लोरिन डाइअक्साइड प्रोड्युसर, ग्यास स्टेइन रिलिज एजेन्ट, ब्याम्बो कार्बनजस्ता रसायनहरू राखेर घांटीमा झुन्ड्याउने परिचय पत्रजस्तो डिभाइस ३-४ महिना पहिले निकालेको थियो | यसलाई जापान, हंगकंग, चीन, भियतनाम, अरबका देशहरु लगायत धेरै देशमा प्रयोग गरिंदै आएको छ | जसरी ओडोमस वा धुप लगाउंदा लामखुट्टे भाग्दछन् त्यसै गरि यो घांटीमा झुन्ड्याउदा एलर्जी गराउने तत्व, ब्याक्टेरिया तथा भाइरस भाग्छन् भन्ने कन्सेप्ट राखेर यो कार्ड बनाइएको हो | यो कार्डले ३० दिन काम गर्ने तथा ५० सेमि वरिपरी काम गर्ने कम्पनीले जनाएको छ | त्यस्तै यसले बिरामी, जेष्ठ नागरिक, बालबालिका र इम्युनिटी पावर कम भएका व्यक्तिलाई उपयोगी हुन्छ भनेर उत्पादक कम्पनीले उल्लेख गरेको छ |

चीनको कम्पनीले पनि निकालेको यो कार्डको निर्यातकर्ताले नेता तथा सभासदलाई उपलब्ध गराएर निशुल्क रुपमा ठूलो बिज्ञापन गर्न सफल भएको छ |

भाइरस रिमुभिङ कार्डले स्वास्थ्यमा असर गर्ने जानकारी सञ्चार माध्यमबाट आएपछि नेताहरूले लगाउन छाडेका छन् । ‘बियोन्ड द वाल ट्रेडिङ कम्पनी’ ले चीनबाट ल्याएको उक्त कार्ड नेकपाका नेता र सांसदहरूले लगाइरहेका थिए ।

कार्डमा राखिएको रसायनले मुटु, कलेजोमा समेत गम्भीर असर गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत स्पष्ट पारेपछि नेताहरू डराएका हुन् ।

नेकपाको शुक्रबारको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा र स्थायी समिति सदस्यहरूले कोरोनाबाट जोगिन भन्दै यही कार्ड लगाएका थिए । शनिबारको बैठकमा माधवकुमार नेपालबाहेक अन्य नेताले लगाएका थिएनन् । स्थायी कमिटीको बैठकमा सहभागीलाई उपलब्ध गराउन भन्दै नेकपाले ६० वटा कार्ड खरिद गरेको थियो ।

तपाईको प्रतिक्रिया