Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024
                                                                                                                                              फाइल फोटो

बुटवल – कोरोना संक्रमितको शव व्यवस्थापनमा खट्दै आएका दुई नेपाली सेनामा पनि कोरोना संक्रमण देखिएको छ । पाल्पामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका नेपाली सेनाका दुई जवानमा संक्रमण फेला परेको हो ।

नेपाली सेनाको पाल्पा तानसेनस्थित गोरखदल गणका ३३ र ३४ वर्षका जवानको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको हो । पाल्पाको पूर्वखोला गाउँपालिका-१ सिलुवाका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएपछि उनको शव व्यवस्थापनमा खटिएका दुई जना सैनिकमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले पुष्टि गरेका छन् ।

उनीहरु दुई जनासँगै शव व्यवस्थापन कार्यमा संलग्न अर्का एक पुरुषको भने कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको पन्थीले जानकारी दिए । शव व्यवस्थापन गरेको दिनदेखि नै उनीहरुलाई आइसोलेसनमा राखिएको थियो । शव व्यवस्थापनका बेला भारी वर्षा भएको हुँदा र्‍याल चुहिएर संक्रमण फैलिएको हुनसक्ने सूचना अधिकारी पन्थीले बताएका छन् ।

तपाईको प्रतिक्रिया