Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – चितवनको भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ । क्यान्सर पीडित कैलालीको गोलावरी नगरपालिका ७ का ५० वर्षीय पुरूषको शनिबार बिहान ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

सूचना अधिकारी लिलाधर पौडेलले फोक्साकोे क्यान्सरको उपचार भइरहेको अवस्थामा असार ११ गते कोाभिड पुष्टि भएपछि भरतपुर अस्पताल ल्याइएका पुरूषको मृत्यु भएको पुष्टि गरे ।

‘क्यान्सर रोगी भएको कारण फोक्सोको समस्या, सास फेर्न असहज हुने, रक्तचाप घट्ने जस्ता लक्षण बिमारीमा देखिएका थिए’ पौडेलले भने । आफन्तसँगको परामर्शपछि सेना र प्रहरीबाट शव व्यवस्थापनको तयारी भएको छ । यसअघि पनि भरतपुर अस्पतालमा एक जना संक्रमितको मृत्यु भएपछि सेनाले शव व्यवस्थापन गरेको थियो ।

तपाईको प्रतिक्रिया