Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ५९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५९३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

५९३ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालबाट ४८ जना डिस्चार्ज भएका छन् । हालसम्म २ हजार ६ सय ९८ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २७ पुगेको द्धछ भने रसुवाबाहेकका सबै जिल्लामा कोरोना देखिएको छ । विगत २४ घण्टामा जनाको ६ हजार ५ सय ३४ पिसिआर परीक्षण भएको छ । हालसम्म २ लाख ६ हजार बढीको पिसिआर परीक्षण भएको छ ।

तपाईको प्रतिक्रिया