आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – कोरोना भाइरसको विश्वब्यापी प्रकोपका कारण मारमा परेका जापानका होटल ब्यवसायहरुलाई उकास्न यहाँका ४७ मध्ये ३९ प्रिफेक्चरहरुले छुट दिने योजना बनाएका छन् । क्योदो न्यूजले गरेको एक सर्वेक्षण अनुसार ति प्रिफेक्चरमा रहेका होटलहरुमा बस्ने पर्यटकहरुका लागि यस्तो छुट दिन लागिएको हो ।

जापानको केन्द्र सरकारले समेत कोरोनाभाइरसको मारमा परेको पर्यटन उद्योगलाई टेवा दिन गो टु क्याम्पेन यही बर्षको अगष्ट महिनादेखि सुरु गर्ने तयारी गरेको छ । जसअन्तर्गत आन्तरिक पर्यटनमा विभिन्न छुट तथा कुपन क्याम्पेनहरु लागू गरिनेछ ।

३९ मध्ये २२ प्रिफेक्चरहरुले छुट दिन सुरु गरिसकेका छन् भने बाँकीले तयारी गरिरहेको क्योदो न्यूजले जनाएको छ । सर्वेक्षणमा चिबा, खानागावा, यामानाशी, हिरोसिमा तथा कुमामोतो प्रिफेक्चरले यस विषयमा विचार गरिरहेको, साइतामा तथा ह्योगो प्रिफेक्चरले यस्तो योजना नबनाएको तथा टोकियोले निर्णय नभइसकेको बताएका थिए ।

केही प्रिफेक्चरहरुले तयार पारेको योजनामा होटलमा बस्दा लाग्ने शुल्कमा १५ हजार येन सम्मको छुट लगायत छन् । ***

तपाईको प्रतिक्रिया