शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

टोकियो – जापानको आइची प्रान्तीय प्रहरीले सो क्षेत्रमा जारी भएका सवारीचालक अनुमति पत्रको म्यादअवधि कोभिड-१९ को महामारीका अन्तरालमा समाप्त हुने अवस्थामा सो अगावै जानकारी गराएमा म्याद अवधि समाप्त भएता पनि सवारी अनुमतिपत्र रद्द नगरिने बताएको छ । कोभिड-१९ महामारीका कारण जनजीवनका समग्र क्षेत्र प्रभावित हुन पुगेको परिप्रेक्ष्यमा आइची प्रहरी प्रधान कार्यालय इन्टर्नेशनल पुलिस सेन्टरले सो अवधिमा सवारीचालक अनुमति पत्रको म्यादअवधि समाप्त भएता पनि रद्द नहुने र सो मितिले थप ३ महिनासम्म बहाल रहने जानकारी गराएको हो ।

स्रोतका अनुसार गत मार्च १३ देखि जुलाई ३१ सम्मको अवधिमा सवारीचालक अनुमति पत्रको म्यादअवधि सकिएको वा सकिने ब्यक्तिहरुले सो अवधिमा नविकरण गरिसकेको भएता पनि फेरि म्याद थप गर्न मिल्ने बताईएको छ ।

आइची प्रहरी प्रधान कार्यालय इन्टर्नेशनल पुलिस सेन्टरलाई उद्धृत गर्दै जापान नेपाल फ्रेण्डशीप काउन्सिलका अध्यक्ष ताकाशी ताकेमोताका अनुसार समयमै नविकरणको प्रक्रिया पुरा गर्न नसकी म्याद गुजारेर बसेकाहरुको हकमा म्याद समाप्तिको ३ वर्षभित्र वा कोरोना महामारी अन्त भएको १ महिना भित्रको अवधिमा सैद्धान्तिक र प्रयोगात्मक परीक्षा बिना पनि पुनः सवारीचालक अनुमति पत्र प्राप्त गर्न सक्नेछन् । यस्तो अवस्थामा नविकरण शुल्कमा छुट हुने बताईएको छ ।
आइची प्रहरीले अति आवश्यकीय जानकारीमुलक सूचनाहरु आफ्नो वेभसाइटमा राखिएको भएता पनि सो बारेमा आइची क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका बहुसंख्यक ब्यक्तिहरु जानकार नरहेको आफुहरुले पाएको बताएको छ ।***

तपाईको प्रतिक्रिया