शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

टोकियो – विश्वभरि फैलिएको कोरोनाभाइरसले जापानमा अहिलेसम्म १८  हजार ३५७ जनामा संक्रमण गरेको छ भने ९४७ जनाको (डाइमण्ड प्रिन्सेस क्रुजका यात्रुहरुसहित) ज्यान लिएको तथ्यांक छ ।

स्वास्थ्य मन्त्रालय अनुसार जापानमा अहिलेसम्म १६ हजार ३४१ जना निको भई घर फर्कन सफल भएका छन् ।

हिजो मंगलबार टोकियोमा  २७, ओसाकामा ३ , क्योटोमा ३ ,  होक्काइदोमा २ , खानागावामा २ , साइतामामा १ , आइचीमा १ ,  यामानासीमा १ , फुकुओकामा १ , शिजुओकामा १  र एयरपोर्ट क्वारेन्टाइनमा २ जना गरेर जापानभरमा ४४ जना नयाँ कोरोना संक्रमितको पहिचान भएको छ ।

टोकियोको कोगानेइमा अवस्थित मुसाशिनो सेन्ट्रल हस्पिटलका १३ बिरामी र २ कर्मचारी गरेर हिजो मुसाशिनो हस्पिटलमा १५ जना कोरोना पोजेटिभ भेटिएका छन् । योसंगै सो हस्पिटलमा फेला परेका संक्रमितको संख्या ५४ पुगेको छ ।

त्यस्तै हिजो टोकियोमा २ जना, खानागावामा र होक्काइदोमा १/१ जना गरेर चार संक्रमितको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया