शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

टोकियो– जापान सरकारले फरक फरक सार्वजनिक बिदा लागू गर्ने तयारी गरेको छ । भिडिभाड कम गरि कोरोना भाइरसको संक्रमण घटाउन सरकारले यस्तो योजना ल्याएको हो ।

सरकारले मंगलबार सार्वजनिक गरेको वार्षिक पर्यटन प्रतिवेदनमा मानिसहरुले वर्षको फरक फरक समयमा सार्वजनिक छुट्टि लिनु पर्नेमा सरकारले जोड दिएको हो । संक्रमणको जोखिम कम गर्न आवास गृहहरुमा मानिसहरु बीचको सम्पर्क सीमित गर्नु पर्नेमा समेत सरकारले जोड दिएको छ ।

सीमामा कठोर नियन्त्रणका कारण गत वर्षको सोही अवधिको तुलनामा अप्रिलमा पयर्टक आगमन ९९ दशमलव ९ प्रतिशतले घटेर २ हजार ९ सयमा आएको छ । यस्तोमा निकट भविष्यमा पयर्टन क्षेत्रमा पुनःबहालीका लागि घरेलु यात्रीहरु महत्वपूर्ण भएको समेत प्रतिवेदनमा बताइएको छ ।

सरकारले यस वर्ष महामारी शुरु हुन भन्दा अघि नै यात्राको तालिकामा परिवर्तन गर्नु पर्नेमा बताएको थियो । तर यसमा खासै धेरै सफलता भने हासिल भएन । फरक फरक सार्वजनिक छुट्टिको प्रवद्र्धन गर्न, पछिल्लो पयर्टन प्रतिवेदनले ‘वर्केशन’ लगायत कार्यशैलीमा सुधारको प्रस्ताव गरेको छ ।

यसमा मानिसहरुलाई छुट्टि मनाउन गएको गन्तव्यबाटै काम गर्न सुझाइएको छ । प्रतिवेदनमा आवास गृहका संचालकहरुलाई हरेक आगन्तुकहरुका लागि छुट्टाछुट्टै चेक इन प्रक्रियाबारे बताउनुको सट्टा लेखेर सबैले देख्ने ठाउँमा टाँस्न सुझाएको छ ।

ओनसेन होटलहरुमा पनि एक पटक नुहाउन जाने मानिसको संख्या सीमित गर्न भनिएको छ । कोरोना भाइरसको महामारी सामना गर्न घरेलु पयर्टन प्रवद्र्धनका लागि सहुलियत दिने, कूपन अभियान जस्ता उपायहरु ल्याउन समेत सुझाइएको छ । ***

तपाईको प्रतिक्रिया