शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

टोकियो–जापानमामा सोमबार दिनभरमा ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सोमबार टोकियोमा ४८ जना,  होक्काइदोमा ६ जना, खानागावामा ३ जना, आइचीमा १ जना,  गिफुमा १ जना, फुकुओकामा १ जना र एयरपोर्ट क्वारेन्टाइनमा १२ गरी ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

एनएचके अनलाइनमा प्रकाशित मंगलबार  बिहानसम्मको तथ्यांक अनुसार घरेलु रुपमा संक्रमित र चीनबाट चार्टर गरी  ल्याइएकाहरु सहितको संख्या १७ हजार ६ सय १ जना पुगेको छ भने योकोहामा पोर्टमा क्वारेन्टाइनमा राखिएका  डाइमण्ड प्रिन्सेस क्रुज पानीजहाजका यात्रुहरुसहितको संक्रमितहरुको संख्या १८ हजार ३ सय १३ जना पुगेको छ ।

त्यस्तै सोमबार साइतामा र कानागावामा १/१ जना संक्रमितको निधन भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित व्यक्तिहरु मध्ये ७२ जनाको स्थिति गम्भीर छ भने १६ हजार ३ सय ४१ जनाको उपचार सफल भएको छ ।

जापानमा अहिलेसम्म कोरोना भाइरसको कारणले ९ सय २९ जनाको मृत्यु पुष्टि भएको छ भने क्रुज पानीजहाजका यात्रुहरु सहित मृत्यु हुनेको संख्या ९ सय ४२ जना पुगेको छ । ***

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया