शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

टोकियो – जापान एयरलाइन्सले टोकियोको हानेदा एयरपोर्टको टर्मिनल १ पूर्ण रुपमा खोल्ने भएको छ । आन्तरिक उडानहरु सूचारु गर्नका लागि सो टर्मिनल खुल्ला गर्न लागिएको हो । जुलाई १ तारिकदेखि पूर्णरुपमा खुल्ला हुने टर्मिनलमा मे २५ देखि आपतकाल हटाइएपश्चात यात्रुहरु बढेका छन् ।

कोरोना भाइरसको संक्रमण फैलिएपछि एयरलाइन्सले टर्मिनलको उत्तरी भाग बन्द गरेको थियो । हाल सुरक्षा जाँच तथा चेकइन दक्षिणी भागबाट मात्र हुने गरेको छ । पूर्ण रुपमा खुलेपश्चात टर्मिनल १ भित्रका ६ ओटै सुरक्षा जाँच गेटहरु कार्यान्वयनमा आउनेछन् ।

जुन महिना लागेसंगै केही उडानहरु पूर्णरुपमा बुक भएको समेत जापान एयरलाइन्सले जनाएको छ । कोरोना भाइरसको संक्रमण बढ्न नदिन सुरक्षात्मक उपायस्वरुप माझका सिटहरु खाली राखेर उडान गरिएको छ ।

अल निप्पोन एयरवेज, सोलासिड एयरवेव तथा अन्य एयरलाइन्सहरुले प्रयोग गर्दै आएको टर्मिनल २ कहिलेदेखि पूर्णरुपमा संचालनमा आउँछ भन्नेबारे तय भइनसेको समेत बताइएको छ ।***

तपाईको प्रतिक्रिया