शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

टोकियो – प्रधानमन्त्री शिन्जो आबेले गर्मी याममा कोरोना संक्रमण बढ्नसक्ने भन्दै सचेत रहन अनुरोध गरेका छन् ।

मध्य पूर्वमा समेत कोरोनाको संक्रमण उच्च रहेको तर्फ औंल्याउँदै आइतबार आबेले यस्तो बताएका हुन् । ‘गर्मीको मौसम भएकै कारण हामी ढुक्क भएर बस्न सक्दैनौं, किनकि तापक्रम उच्च भएको मध्य पूर्वमा पनि त संक्रमण फैलिरहेको छ ।’ एक अनलाइन कार्यक्रममा उनले भने ।

इरानको राजधानी तेहरान र साउदी अरबको रियाद जस्ता मध्यपूर्वी शहरमा तापक्रम ३५ डिग्री सेल्सियस माथि उक्लिएको छ । विश्व स्वास्थ्य संक्रमणका अनुसार  त्यहाँ संक्रमितको संख्या १ लाख ८५ हजार र १ लाख २३ हजार भन्दा बढि पुगेको छ । विगत २ हप्तामा कतारमा तापक्रम सबैभन्दा उच्च करीब ४० डिग्री सेल्सियस आसपास पुगेको थियो । सो अवधिमा औसत संक्तमण दैनिक १ हजार ५ सय रहेको छ । यो अप्रिलमा चिसो भएको बेलामा भन्दा उच्च हो ।

दोस्रो चरणको संक्रमण फैलिने सम्भावना रहेकोले सरकारले मेडिकल र परीक्षण योजनाहरु विस्तार गर्न खोजेको आबेले बताएका छन् । भाइरसको संक्रमण भएका मनिसको सम्पर्कमा आउँदा प्रयोगकर्तालाई सूचित गराउने स्मार्टफोन एपको विकास पनि अन्तिम चरणमा पुगेको उनले बताएका छन । एप यही हप्ता जारी गरिने सरकारी लक्ष्य छ ।***

तपाईको प्रतिक्रिया