शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

टोकियो – कोरोना भाइरसका संक्रमितहरु भेटिने क्रम घटेसंगै जापानमा संचालित स्टारबक्स स्टोरहरु मंगलबारदेखि खुलेका छन् । टोकियो, ओसाका तथा अन्य केही प्रिफेक्चरहरुमा भने टेकआउट सेवा मात्र दिइरहेको संचालक कम्पनीले जनाएको छ ।

जापानमा धेरै रुचाइने कफी शपमध्येको एक स्टारबक्सले जापानभर लागू गरिएको आपतकालसंगै विभिन्न १३ प्रिफेक्चरहरुमा रहेका आफ्ना स्टोरहरु बन्द गरेको थियो । कम्पनीका अनुसार जापानभरका ८० प्रतिशत अर्थात करिब १२ सय स्टोरहरु हाल खुल्ला रहेका छन् ।

टोकियो, ओसाका, होक्काइदो तथा अन्य पाँच प्रिफेक्चरहरुमा रहेका स्टोरहरुमा भने टेकआउट सेवा मात्र सुचारु गरिएको छ, स्टोरमै बसेर खान मिल्नेगरि खोलिएका स्थानहरुमा समेत कोरोना भाइरसको संक्रमणको जोखिमलाई कम गर्न मानिसहरु बस्ने टेबलहरुवीच दूरी कायम गरिने जनाइएको छ ।

कोरोना भाइरसको संक्रमण थप फैलिन नदिन जापानभर लागू गरिएको आपतकाल ३९ ओटा प्रिफेक्चरबाट हटाइएपश्चात यहाँका व्यवसायहरु पुनः सूचारु हुने क्रम बढेको छ ।

तपाईको प्रतिक्रिया