आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

टोकियो – जापानमा शनिबार ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार जापानमामा शनिबार १९ जनाले कोरोना भाइरसकै काराण ज्यान गुमाएका छन् ।

शनिबार टोकियोमा १४ जना, ओसाकामा २ जना, खानागावामा १२ जना, होक्काइदोमा ७ जना, साइतामामा ४ जना, चिबामा ७ जना र अन्य प्रिफेक्चरहरुमा गरि कुल ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

आइतबार बिहानसम्ममा घरेलु रुपमा संक्रमित र चीनबाट चार्टर गरि ल्याइएकाहरु सहितको संख्या १६ हजार ३ सय १० पुगेको छ भने योकोहामा पोर्टमा क्वारेन्टायन गरेको डाइमण्ड प्रिन्सेस क्रुज पानीजहाजका यात्रुहरुसहितको संक्रमितहरुको संख्या १७ हजार २२ जना पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार जापानभरमा संक्रमितहरुमध्ये ११ हजार ३ सय ९० जना सफल उपचारपश्चात निको भई घर फर्किसकेका छन् ।

जापानमा कोरोना भाइरसका कारणले ७ सय ४८ जनाको मृत्यु भएको छ भने क्रुज पानीजहाजका यात्रुहरु सहितका मृतकको संख्या ७ सय ६१ जना पुगेको छ । ***

तपाईको प्रतिक्रिया