आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

टोकियो – जापान प्रहरीले अप्रिल महिनाभर जापानमा हुने सडक दुर्घटनाहरु घटेको जनाएको छ । शुक्रबार जारी गरिएको तथ्यांकअनुसार अप्रिल महिनाभित्र जापानभरमा २० हजार ८ सय ५ वटा सडक दुर्घटनाहरु भएका छन् ।

यो संख्या गत बर्ष यही महिनाको तुलनामा ३६ दशमलब २ प्रतिशत कम अर्थात गतबर्ष अप्रिल भन्दा ११ हजार ८ सय २७ कम हो । कोरोना भाइरसको संक्रमणबाट जोगिन मानिसहरु घरमै बसेका कारण सडकमा हुने दुर्घटनाहरुको संख्या पनि घटेको हो ।

अप्रिल महिनामा देखिएको यो संख्या तथ्यांक राख्न थालिए यता सन् १९८९ यताकै मासिक कम तथ्यांक पनि हो । दुर्घटनाको संख्या जापानभरका ४७ ओटै प्रिफेक्चरमा घटेको छ ।

दुर्घटनाको संख्या संगै घाइते हुने तथा मृत्यु हुनेहरुको संख्या समेत घटेको जापानको राष्ट्रिय प्रहरीले जनाएको छ । ***

तपाईको प्रतिक्रिया