शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

टोकियो – जापानमा शुक्रबार दिनभरमा ४६ जनामा नयाँ कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार जापानभरमा शुक्रबार कोरोना भाइरसका कारण १४ जनाले ज्यान गुमाएका छन् ।

यो संगै जापानभरमा संक्रमितहरुको संख्या १६ हजार २ सय ४९ जना पुगेको छ ।

योकोहामा पोर्टमा क्वारेन्टायन गरिएको डाइमण्ड प्रिन्सेस नामक क्रुज पानीजहाजका संक्रमित ७ सय १२ जना जोड्दा सो संख्या १६ हजार ९ सय ६१ जना हुन आउँछ ।

जापानभरमा मृतकहरुको संख्या ७ सय ४० जना पुगेको छ ।

सबैभन्दा बढि प्रभावित बनेको टोकियोमा संक्रमितहरुको संख्या ५ हजार ३६ जना छ भने ओसाकामा १ हजार ७ सय ६८ जना तथा खानागावामा १ हजार २ सय ४९ जना संक्रमितहरु छन् ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरुका अनुसार संक्रमितहरुमध्ये २ सय ४१ जनाको अवस्था गम्भीर छ ।

कोरोना भाइरसको संक्रमण घट्दै गएपछि हाल जापानभरका ३९ प्रिफेक्चरहरुमा आपतकाल हटाइएको छ ।***

तपाईको प्रतिक्रिया