काठमाडौं – काठमाडौं उपत्यकामा कोरोनाभाइरस संक्रमितको संख्या बढेपछि लकडाउन थप कडा बनाईएको छ । उपत्यकाका सडकमा सवारी जाँचलाई तीव्र पारिएको छ भने अनावश्यक हिँडडुल गर्नेलाई नियन्त्रणमा लिन थालिएको छ ।उपत्यकामा नै संक्रमित भेटिएपछि सरकारले काठमाडौं उच्च जोमिखमा रहेको भन्दै लकडाउन कडा बनाएको हो । योसँगै काठमाडौं फेरी सुनसान भएको छ, बिहान र साँझपख केहि चहलपहल हुने भएपछि दिउँसो शान्त देखिन्छ ।सवारी साधनको बढ्दो चापले प्रदूषित उपत्यका यतिबेला भने शान्त र सफा देखिएको हो । अत्यावश्यकबाहेक गाडी गुड्दैनन् भने एकाध मानिसमात्रै सडकमा निस्कने गरेका छन् । तिनीहरुलाई सडकमा खटिएका सुरक्षाकर्मीले क्षणभर बस्न दिँदैनन् ।तस्वीर : ईकान्तिपुर
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार