शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

टोकियो – मेक्सिको सहित विभिन्न १२ देशबाट जापान आउने व्यक्तिहरुलाई जापानमा प्रवेश नदिइने भएको छ । यसअघि प्रतिबन्धित गरिएका विभिन्न देशहरुको सूचीमा थप १३ देशहरु थप गरि जापानभित्र प्रवेश नदिइने जापानको परराष्ट मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको संक्रमण बढ्न नदिन अनेक उपाय अपनाइरहेको जापानले थप गरेका १३ देशहरु मेक्सिको, अजरबाइजान, बहामास, काबो भर्डे, कोलम्बिया, इक्वेटोरियल गुयना, गाबोन, गुयना–बिसाउ, होन्डुरास, कजाकस्तान, माल्दिभ्स, साओ तोमे र प्रिन्सिपे र उरुग्वे हुन् ।

यो संगै जापानले यात्रा प्रतिवन्ध लगाएका देशहरुको सूची १ सय पुगेको छ । हालसम्म प्रतिबन्धित देशहरुको सूचिमा नेपाल भने समावेश छैन ।

बिहिबारदेखि ति देश हुँदै आउने वा १४ दिनभित्र ति देश गएका व्यक्तिहरुलाई जापान प्रवेश गर्न दिइनेछैन । परराष्ट्र मन्त्रालयले ति देशहरुको भ्रमण नगर्न समेत जापानी नागरिकहरुलाई सचेत गराएको छ । यि देशबाट फर्कने जापानीहरुलाई भने जापान प्रवेशमा रोक लगाइएको छैन, उनीहरुले अनिवार्य कोभिड–१९ को जाँच गर्न र सेल्फ क्वारेन्टायनमा भने बस्नुपर्नेछ । ***

तपाईको प्रतिक्रिया