आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

टोकियो – जापान सरकार, शिक्षा मन्त्रालयले गरेको एक सर्वेक्षण अनुसार जापानभर लगाइएको आपतकाल अवधिमा ८६ प्रतिशत विद्यालयहरु बन्द रहेका छन् ।

सर्वेक्षण अनुसार गत सोमबारसम्म बन्द रहने विद्यालयहरुमध्ये जापानभरका ८७ प्रतिशत सार्वजनिक तथा ७६ प्रतिशत निजी विद्यालयहरु बन् रहेको पाइएको छ ।

बन्द रहेकै अवस्थामा पनि विद्यार्थीहरुलाई विद्यालय आउन भनिएका विद्यालयहरुमध्ये २७ प्रतिशतले हप्तामा एक दिन र २१ प्रतिशतले हप्तामा दुई वा सोभन्दा बढि पटक विद्यार्थीहरुलाई विद्यालयमा बोलाएका थिए ।

सर्वेक्षण अनुसार ८० प्रतिशत विद्यालयहरुले मे २५ देखि ३१ भित्रमा विद्यालय खोल्ने योजना बनाएका छन् भने १६ प्रतिशतले मे २४ अगाडि नै विद्यालय खोल्ने तयारी गरेको बताएका छन् । बाँकीले तत्कालै कुनै निर्णय नगरेको जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया