शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडौँ – कोरोना भाइरसका कारण एक बर्ष सारेको टोकियो ओलम्पिक २०२० का लागि अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी) ले राहत दिने भएको छ।

एक वर्ष सारिएर सन् २०२१ को जुलाई २३ देखि ८ अगस्टसम्म गर्ने निर्णय भएको ओलम्पिकका लागि आइओसीले ८ सय मिलियन अमेरिकी डलर (९६ अर्ब ४७ करोड रुपैयाँ) राहत कोष स्थापना गरेको हो। बिहिबार बसेको आइओसीको कार्यकारी समितिको बैठकले यो आर्थिक प्याकेजलाई अनुमोदन गरेको हो।

जसमध्ये ६ सय ५० मिलियन अमेरिकी डलर आयोजक राष्ट्र जापानले पाउनेछ। १ सय ५० मिलियन अमेरिकी डलर अन्तर्राष्ट्रिय खेलकुद महासंघहरु र राष्ट्रिय ओलम्पिक कमिटीहरुलाई प्रदान गरिनेछ।

सबै देशका ओलम्पिक कमिटीलाई प्रदान गरिने कोष भएकाले नेपाल ओलम्पिक कमिटीले पनि पाउनेछ। तर कुन देशलाई कति रकम छुट्याइएको हो खुलाइएको छैन।

ओलम्पिक स्थगित हुँदा जापानले ५.७ बिलियन अमेरिकी डलर (६ खर्ब ९६ अर्ब २० करोड रुपैयाँ) घाटा ब्यहोर्नु पर्ने रिपोर्ट यसअघि सार्वजनिक भएको थियो।

ओलम्पिकका लागि आयोजक जापानले अहिलेसम्म कुल १२.६ बिलियन अमेरिकी डलर खर्च गरिसकेको छ।

तपाईको प्रतिक्रिया