शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

टोकियो – जापानमा बिहिबार १ सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार जापानका बिहिबार टोकियोमा ३० जना, ओसाकामा ३ जना, खानागावामा ३२ जना, होक्काइदोमा ६ जना, साइतामामा २ जना र अन्य प्रिफेक्चरहरुमा गरि १०० जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ ।

शुक्रबार बिहानसम्ममा घरेलु रुपमा संक्रमित र चीनबाट चार्टर गरि ल्याइएका व्यक्तिहरु सहितको संख्या १६ हजार २ सय ३ पुगेको छ भने योकोहामा पोर्टमा क्वारेन्टायन गरिएको डाइमण्ड प्रिन्सेस क्रुज पानीजहाजका यात्रुहरुसहितका संक्रमितहरुको संख्या १६ हजार ९ सय १५ जना पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ४ सय ८९ जना सफल उपचारपश्चात निको भई घर फर्किसकेका छन् ।

हालसम्म कोरोना भाइरसको कारणले जापानभरमा ७ सय १३ जनाको मृत्यु पुष्टि भएको छ भने क्रुज पानीजहाजका यात्रुहरु सहित मृतकको संख्या ७ सय २६ जना हुन आउँछ ।***

तपाईको प्रतिक्रिया