शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

काठमाडौं – नेपालमा थप सात जना कोरोना संक्रमित भेटिएका छन् । यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या १०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुर र कपिलवस्तुका ३/३ तथा पर्साका एक जनालाई संक्रमण भएको छ।

उनीहरु सबै जनाको स्वास्थ्यअवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

 

तपाईको प्रतिक्रिया