काठमाडौं – बलिउडकी चर्चित गायिका नेहा कक्कड विश्वमै सर्वाधिक खोजिने गायिकामा परेकी छिन् । उनी विश्वमै सबैभन्दा बढी सर्च गर्नेमा परेकी हुन् । भारतिय मिडियाका अनुसार उनलाई युट्युबमा सबैभन्दा धेरै पटक खोजिएको छ ।
२०१९ मा युट्युबमा एक्स-एक्टस चार्टले गरेको अध्ययन विवरणको उत्कृष्ट १० सूचीमा नेहा दोस्रो स्थानमा छिन् ।
कलाकारको सूचीमा नेहाभन्दा अगाडि पहिलो स्थानमा अमेरिकन र्यापर कार्डी बी मात्र छिन्। यो सूचीमा अन्य भारतीय महिला कलाकार परेका छैनन्।
युट्युबमा धेरै सर्च गरिएका विश्वभरीका गायिकामध्ये ४.८ बिलियन पटक सर्चसहित अमेरिकन रैपर कार्डी बि पहिलो स्थानमा पर्न सफल बनिन् भने नेहा ४.५ बिलियन पटक खोजिएर दास्रो स्थान ओगट्न सफल भएकी हुन् ।
नेहाले कोलम्बियन सिंगर करोल जी, साउथ कोरियन गर्ल ग्रुप ब्ल्याकपिंक, अमेरिकन सिंगर अरिना ग्राण्डी, ब्राजिलियन सिंगर मरिलिया मेन्डोन्का लगायत ठूला स्टारलाई पछाडि पारेकी हुन्।
उनी विश्वभरमा बढी खोजिने गायिकामा दोस्रो नम्बरमा परेकी छिन् । आफु विश्वकै सबैभन्दा बढी खोजिने गायिकामा दोस्रो स्थानमा परेको बारे गायिकाम नेहाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत जानकारी गराएकी हुन् । आफु विश्वमै धेरै खोजिनेमा परेपछि उनले इन्स्टाग्राममार्फत सबै फ्यानलाई धन्यवनद दिएकी छिन् ।
नेहाले इन्डियन आइडल ६को प्रतिस्पर्धीको रुपमा सांगितिक करियरमा पाइला चालेकी हुन् ।