Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – वीरगन्जमा आज कोरोना पुष्टि भएका १७ जना एकै परिवारका सदस्य भएको पाइएको छ । थपिएका सबै संक्रमित गत वैशाख १४ गते संक्रमण देखिएका पुरुषका परिवार हुन् ।

वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीका अनुसार ती पुरुष महानगरका कर्मचारी पनि हुन् । ‘उहाँहरू सबै एउटै परिवारका सदस्य हुनुहन्छ,’ मेयर सरावगीले भने, ‘तर त्यसमा को-को हुनुहुन्छ भन्ने कुरा खुल्न बाँकी छ ।’ आज देखिएका १७ जना संक्रमितमध्ये दुई महिने शिशु पनि छन् ।

वैशाख १४ गते महानगरपालिका(३ स्थित छपकैयामा बस्दै आएका एक पुरुषमा संक्रमण देखिएपछि उक्त पुरुषका परिवार र सम्पर्कमा आएकाहरूको परीक्षण गर्न काठमाडौं पठाइएको थियो । संक्रमित पुरुष राहत वितरणमा पनि सहभागी भएकाले संक्रमण थप बढ्न सक्ने महानगरले जनाएको छ ।

तपाईको प्रतिक्रिया