Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

नयाँदिल्ली – छिमेकी देश भारतमा कोरोना संक्रमणले ‘भयावह’ रुप लिंदै गएको छ । भारतमा कोरोनाबाट ज्यान गुमाउने र संक्रमित हुनेको संख्या दिनहुँजसो बढ्न थालेको छ ।

भारतमा सोमबार एकै दिन हालसम्मकै बढी १७५ जनाले कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएका छन् । त्यहाँ अहिलेसम्म मृतकको संख्या १५ सय ६६ पुगेको छ भने संक्रमितको संख्या ४६ हजार ४३७ पुगेको छ ।

भारतमा सोमबार एकै दिन तीन हजार ९३२ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ अहिलेसम्म १२ हजार ८४७ जना उपचारपछि निको भएका वर्ल्डओमिटरले जनाएको छ । भारतमा सबैभन्दा बढी संक्रमित महाराष्ट्रमा छन् ।

त्यसपछि गुजरात र नयाँ दिल्लीमा संक्रमितको संख्या बढी छ । महाराष्ट्रमा झण्डै १३ हजार मानिसमा संक्रमण देखिइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गुजरातमा पाँच हजार चारसय भन्दा बढी मानिस संक्रमित भएका छन् ।

राजधानी नयाँदिल्लीमा चार हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । भारतका २७ वटा प्रान्तमा कोरोना संक्रमण देखिसकेको छ । संक्रमण तीब्र हुँदै जाँदा भारतमा आगामी १७ मेसम्मका लागि लकडाउन थपिएको छ । तर, आपतकालीन, अत्यावश्यक सेवा क्षेत्र भने सञ्चालनमै छन् ।

कोरोनाको प्रभाव कम र बढी भएका क्षेत्रमा पनि लकडाउन खुकुलो र कडा पार्ने रणनीति भारतले अपनाएको छ । त्यसका लागि भारतले संक्रमण बढी र कम देखिएका क्षेत्रलाई रेड, यल्लो र ग्रिन जोनका रुपमा वर्गीकरण गरेको छ ।

तपाईको प्रतिक्रिया