बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

काठमाडौँ – अमेरिकी पूर्वप्रथम महिला तथा पूर्व राष्ट्रपति बाराक ओबामाकी पत्नी मिशेल ओबामाको जीवनीमा बनेको डकुमेन्ट्रीको ट्रेलर सार्वजनिक भएको छ ।

‘बिकमिंग’ शिर्षक दिइएको यो डकुमेन्ट्री डिजिटल प्लेटफर्म नेटफ्लिक्समा मे ६ मा रिलिज हुने बताइएको छ । यो  डकुमेन्ट्रीलाई नाडिया हलग्रेनले निर्देशन गरेका छन् भने यस डकुमेन्ट्रीका शुरुका केहि शट भने आफ्टर मारियाले निर्देशन गरेका हुन् ।

यस डकुमेन्ट्रीमा मिशेल ओबामाको त्यो समयलाई देखाइएको छ, जसमा उनले आफ्नो किताब बिकमिंगको प्रमोशनका लागि करिब ३४ शहरको यात्रामा निस्किएकी थिइन् । यो किताब त्यति बेलाको सर्वाधिक बिक्रि हुने किताबमा रहेको थियो ।

यो अडियो बुक बिकमिंगका लागि मिशेललाई ग्र्याह्मी पुरस्कार समेत दिइएको थियो । यस डकुमेन्ट्रीमा मिशेलको जीवनका कैयौं अनुभवलाई समावेश गरिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया