Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – प्रदेश १ कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित भएको छ भने कर्णाली प्रदेशमा अहिलेसम्म संक्रमण देखिएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार कुल कोरोना संक्रमित ७५ मध्ये प्रदेश १ मा मात्रै ३१ जना रहेका छन् । यसैगरी प्रदेश ५ मा १७ र प्रदेश २ मा १३ जनामा संक्रमण देखिएको छ । बागमती प्रदेशमा सात र सुदूरपश्चिममा पाँचजनामा संक्रमण देखिएको उनले बताए ।

संक्रमित ७५ मध्ये ५८ पुरुष र १६ जना महिला रहेका छन् । जसमा १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ५९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररत सबैको अवस्था सामान्य रहेको छ ।

तपाईको प्रतिक्रिया