Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

नयाँदिल्ली – भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमितको संख्यामा वृद्धि भएको छ । सोमबारको पछिल्लो तथ्याङ्कअनुसार यहाँ यस भाइरसबाट संक्रमित हुनेको संख्या ४२ हजार ५३३ जना पुगेको बताइएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यहाँ यस संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढ्दो रहेको छ । अहिलेसम्म १ हजार ३७३ जनाको यस संक्रमणबाट ज्यान गएको बताइएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार सोबार बिहानसम्म गएको २४ घण्टामा यहाँ २ हजार ५०० भन्दा बढी विरामी थपिएका छन् । साथै गएको २४ घण्टामा मात्र यहाँ ७२ जना संक्रमितको ज्यान गएको बताइएको छ ।

संक्रमणबाट निको भएका विरामीको संख्या ११ हजार ७०६ जना रहेको पनि बताइएको छ । यसरी भारतमा हाल यो रोगका संक्रमितहरुको संख्या २९ हजार ४५३ जना रहेको छ । कोभिड-१९ बाट सबैभन्दा बढी महाराष्ट्रका नागरिक संक्रमित भएका छन् ।

यहाँ मात्र १२ हजार ९०० नागरिक संक्रमित भएका छन् । गुजरातमा ५ हजार ४०० मानिस प्रभावित भएका छन् । दिल्लीमा यो संक्रमणबाट ४ हजार ५५० जना विरामी छन् । यद्यपि यो भाइरसको प्रकोप भारतका २७ वटा प्रान्तमा नै देखिएको छ ।

यहाँ पनि सरकारले लकडाउनको घोषणा गरेको छ । यही मे १७ सम्मका लागि यहाँको सरकारले लकडाउनको घोषणा गरेको छ ।

तपाईको प्रतिक्रिया