Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – १६ जना कोरोना संक्रमित भेटिएको बाँकेको नेपालगन्ज उपमहानगरपालिका-८ जोलहनपुरवाका तीन सय जनाको ‘कन्ट्याक्ट ट्रेसिङ’ गरिएको छ । शुक्रबार एक व्यक्तिमा कोरोना देखिएकोमा थप १५ व्यक्तिमा संक्रमण फैलिएको आइतबार पुष्टि भएको हो ।

संक्रमितहरूको सम्पर्कमा आएका थप व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गर्ने प्रयास जारी रहेको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । कार्यालयका अनुदसार उनीहरू एक महिनायता स्थानीयमाझ घुलमिल भइसकेकाले टोलभरिका बासिन्दाको स्वाब संकलन गर्नुपर्ने अवस्था आउन सक्छ ।

एकै दिन यति धेरै संक्रमण पुष्टि भएपछि नेपालगन्ज उपमहानगरपालिका कोरोना भाइरसको ‘हटस्पट’ बनेको छ । चिकित्सकले यो घटनापछि नेपालगन्जमा कोरोना ‘कम्युनिटी ट्रान्समिसन’ भइसकेको र संक्रमण तेस्रो चरणमा प्रवेश गरेको जनाएका छन् ।

कम्युनिटी ट्रान्समिसन भइसक्यो, अब झन् खतरा
भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सलटेन्ट फिजिसियन तथा मेडिकल विभाग प्रमुख राजन पाण्डेले ‘कम्युनिटी ट्रान्समिसन’ भइसकेकाले तीव्र सतर्कता र कडाइ जरुरी रहेको बताए । ‘नेपालगन्जमा कम्युनिटी ट्रान्समिसन भइसक्यो,’ उनले भने, ‘अब झन् खतरा भयो ।’ यहाँ भाइरस कुन चरणमा फैलिरहेको हो भन्ने विश्लेषण र पुष्टि गर्ने काम संघीय मन्त्रालयको भएको उनले बताए ।

एक महिनाअघि भारतबाट फर्किएका पहिलो संक्रमित महेन्द्र पार्कस्थित मस्जिदमा नमाज पढ्न र बालबालिकालाई उर्दू भाषा पढाउन तीन जना स्थानीय बासिन्दाको घरैमा जाने गरेको समाचार कान्तिपुरमा छ । उनको घरबाट महेन्द्र पार्क पुग्न मिनार मस्जिद रोड, एमपी स्कुल, रानीतलाउ मोड, जोलहनपूर्वा हुँदै जानुपर्छ । नमाज पढ्न उनी दिनमै तीनरचारपटक जान्थे ।

पुरानो र बाक्लो बस्ती भएकाले एउटै टोलमा धेरै जना संक्रमित भएको स्वास्थ्यकर्मीले जनाएका छन् । संक्रमण भेटिएका कुनै व्यक्तिमा पनि कोरोनासम्बन्धी लक्षण देखिएको थिएन । लकडाउनको समयमा पनि उक्त बस्तीका बासिन्दा एकअर्काको घरमा आउजाउ गर्दै आएका थिए । लकडाउनका बेला नेपालगन्जबाट छिमेकी जिल्ला बर्दिया, दाङ र कर्णाली प्रदेशका सर्वसाधारण घर फर्किएका छन् । जसकारण बाँकेसँगै छिमेकी जिल्ला पनि उच्च जोखिममा परेका छन् ।

तपाईको प्रतिक्रिया