Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – न्युजील्याण्ड कोरोनाबाट मुक्त हुने क्रममा रहेको छ । पछिल्लो २४ घण्टामा संक्रमणको कुनै घटना नदेखिएपछि यसलाई सरकारले कोरोना मुक्त हुनेतर्फको सकारात्मक संकेत भएको बताएको छ ।

न्युजील्याण्डका स्वास्थ्य निर्देशक एशले ब्लूमफिल्डले यसलाई सकारात्मक भएको बताएका छन् । न्यूजील्याण्डमा अहिलेसम्म कुल १४ सय ८७ जना मात्र संक्रमित भएका छन्, जसमा १२ सय ७६ जना ठिक भैसकेका छन् । त्यस्तै २० जनाको मृत्यु भएको छ । न्युजील्याण्डमा अहिले केवल १९१ कोरोना सक्रिय संक्रमित बाँकी रहेका छन् भने कुनै पनि संक्रमित आइसीयुमा छैनन् ।

शुरुवातमा संक्रमण देखिना साथ न्युजील्याण्डकी प्रधानमन्त्री जेसिन्डा अर्डनले कडा कदम उठाउदै लकडाउनको घोषणा गरेपछि उनको अन्तर्राष्ट्रिय स्तरमा नै प्रशंसा भएको थियो । कोरोनाविरुद्ध सहि समयमा सहि कदम उठाएको भन्दै न्यूजील्याण्डमा प्रधानमन्त्री अर्डनको लोकप्रियता समेत बढेको रिपोर्ट बाहिर आएको छ । गत साता सरकारले लकडाउनमा केहि छुट दिएको थियो ।

तपाईको प्रतिक्रिया