Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

टोकियो – पर्वत समाज जापानले धौलागिरीमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । समाजले कोरोनाविरुद्धको अभियानमा सहयोग पुर्याउने उद्देश्यले पर्वत, बागलुङ्ग, म्याग्दी र मुस्ताङ्गका स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

पर्वत समाज जापानले उपलब्ध गराएका स्वास्थ्य सामाग्री पहलकर्ताहरुको उपस्थितिमा बिहिबार अस्पताल र स्थानिय तहरुलाई हस्तान्तरण गरिएको छ । स्वास्थ्य सामाग्रीहरुमा पर्वत जिल्लाका लागि २८ थान पिपिई, २८ वटा एन ९५ मास्क, २८ वटा थर्मल गन, २८ वटा भाईजर र गगल्स रहेका छन् । त्यस मध्ये सबै सामाग्री पर्वत अस्पताललाई ७ थान उपलब्ध गराइएको छ भने पर्वतका सात वटै स्थानिय तहलाई ३ सेट उपलब्ध गराइएको छ । बागलुङ्ग, म्याग्दी र मुस्ताङ्गलाई ५ सेट उपलब्ध गराइएको समाजले जनाएको छ ।

यस बाहेक लुम्बिनी साँस्कृतिक नगरपालिका रुपन्देहीलाई पनि ५ सेट उपलब्ध गराउने कार्यक्रम रहेको लुम्बिनी गार्डेन फाउण्डेसनका उपाध्यक्ष गोबिन्द सुबेदीले जानकारी दिनुभयो । स्वास्थ्य सामाग्री जुटाउनका लागि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रतिनिधीसभाका सदस्य डा. सुर्य पाठक, बरिष्ठ मुटुरोग बिशेषद्द डा. अनिल भट्टराई, लुम्बिनी गार्डेन फाउण्डेसन उपाध्यक्ष गोबिन्द सुबेदी लगायतले समन्वय गर्नुभएको थियो भने जापानमा पर्वत समाज जापानको विशेष पहलमा रकम उठाइ राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनामार्फत सहयोग गरेको समाजका अध्यक्ष सुजन जोशीले जानकारी दिनुभयो ।

पर्वतका लागि आवश्यक सामग्री कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीलाई हस्तान्तरण गरियो भने म्याग्दी, बागलुङ्ग र मुस्ताङ्गका अस्पताल बिकास समितिका अध्यक्षहरुलाई हस्तान्तरण गरिएको थियो । सोही कार्यक्रममा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएकोमा कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले सम्पूर्ण सहयोग दाता र पर्वत समाज जापानलाई धन्यबाद दिनुभयो ।

तपाईको प्रतिक्रिया