Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडाैं – नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले आज चीनको चाङ्सा शहरमा चार्टर्ड उडान गर्ने भएको छ । चाङ्साबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन हिमालयको न्यारोबडी जहाज बिहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुहान उड्ने तालिका रहेको हिमालय एयरलाइन्सले जनाएको छ ।

चीनबाट स्वास्थ्य सामग्री ल्याउनका लागि चार्टर्ड उडानको तयारी गरिएको कम्पनीका सेवा सुधार शाखाकी प्रमुख उज्ज्वला दलीले जानकारी दिए । लकडाउनको अवधिमा हिमालयको चीनमा यो दोस्रो चार्टर्ड उडान हो । यसअघि वैशाख १४ गते चीनको ग्वाङ्जाओमा चार्टर्ड उडान गरेको थियो ।

चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिनका लागि कार्गो उडानका लागि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति लिएको हिमालय एयरलाइन्सले जनाएको छ । हिमालयको जहाज ग्वान्जाओबाट स्वास्थ्य सामग्री लिएर शुक्रबार बिहान साढे ६ बजे काठमाडौं आइपुग्नेछ ।

लकडाउनको अवस्थामा चीनको ग्वान्जाओबाट स्वास्थ्य मन्त्रालय तथा विभिन्न व्यवसायीले जहाज चार्टर्ड गरी स्वास्थ्य सामग्री ल्याइरहेका छन् । नेपालको निजी क्षेत्र र चीनको संयुक्त लगानीको हिमालयले चीनको बेइजिङ र छोङ्गिनसहित अन्य मुलुकका नौ गन्तव्यमा उडान भर्दै आएको छ ।

यसअघि चैत १६ र २० गते नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजले चार्टर्ड उडानमार्फत ग्वान्जाओबाट स्वास्थ्य सामग्री ल्याइएको थियो। पछिल्लोपटक गत वैशाख ५ गते निगमका दुई वाइडबडी जहाजले ग्वान्जाओबाट स्वास्थ्य सामग्री ल्याएका थिए ।

तपाईको प्रतिक्रिया