Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – अमेरिकी विदेशमन्त्री माइक पोन्पियाले भारत र अमेरिका मिलेर कोरोना भाइरसविरुद्धको खोप विकसित गरिरहेको बताएका छन् । अमेरिका र भारत पछिल्लो तीन दशकयता संयुक्त भ्याक्सिन डेभलोपमेन्ट कार्यक्रम चलाइरहेका छन् ।

यो कार्यक्रमलाई अन्तर्राष्ट्रिय मान्यता समेत प्राप्त भइसकेको छ । दुवै देश मिलेर डेंगु, इन्फ्लुएन्जा र टिबीको रोकथाममा काम गरिरहेका छन् । दुवै देशले डेंगुविरुद्ध खोपको परिक्षण समेत निकट भविष्यमा गर्ने तयारीमा छन् ।

भारत जेनेरिक औषधी र भ्याक्सीन उत्पादनका लागि संसारमै चिनिन्छ । भारतमा भ्याक्सिन बनाउने आधा दर्जनभन्दा बढी कम्पनी छन् । यसका साथै साना कम्पनी समेत भ्याक्सिन बनाउछन् । यी कम्पनीले पोलियो, मेनिन्जाइटिस, निमोनिया, रोटाभाइरस, बिसीजी, मिजल्स, पन्प्स र रुबेलालगायतका बिरामीको भ्याक्सिन बनाउँछन् ।

अहिले आधा दर्जन भारतीय कम्पनी कोरोना भाइरसविरुद्धको खोाप विकसित गर्न जुटेका छन् । यिनैमध्येको एउटा रिसम इन्सिटट्युट अफ इन्डिया हो । खोप उत्पादन र विश्वभरमा बिक्रिका लागि यो सबैभन्दा ठूलो भ्याक्सिन कम्पनी हो । ५३ वर्ष पुरानो यो कम्पनी हरेक वर्ष १.५ अर्ब डोज बनाउँछ । कम्पनीका दुइटा ठूलो प्लान्ट पुणेमा छन् ।

यद्यपी, कम्पनीको नेदरल्यान्ड्स र चेक रिपब्लिकमा समेत साना प्लान्ट छन् । यो कम्पनीमा करिब सात हजार मानिस काम गर्छन् । कम्पनीले १६५ देशमा २० किसिमका भ्याक्सिन सप्लाई गर्छ । यहाँ उत्पादन हुने कूल भ्याक्सिनको करिब ८० प्रतिशत हिस्सा निर्यात गरिन्छ । यसको मूल्य औसत ५० सेन्ट प्रतिडोज हुन्छ ।

अब कम्पनीले कोडाजेनिक्ससँग गठजोड गरेको छ । कोडाजेनिक्स एक अमेरिकी बायोटेक कम्पनी हो । दुवै कम्पनी मिलेर लाइभ एटेनुएडेट भ्याक्सिन (यस्तो भ्याक्सिन जसमा भाइरसलाई कमजोर गर्न ल्याबमा भ्याक्सिन बनाउनका लागि प्रयोग गरिन्छ । यद्यपी यो भाइरस जिवीत हुन्छ) बनाउनेछन् । विश्वभरका करिब ८० कम्पनी कोरोनाविरुद्धको खोप बनाउने काममा लागेका छन् ।

तपाईको प्रतिक्रिया