Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं । झापा थप एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । आज विराटनगरको कोशी अञ्चल अस्पतालमा गरिएको परीक्षणमा ती पुरुषमा कोरोना पुष्टि हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिका अनुसार झापाका एक ५० वर्षीय पुरुषमा संक्रमण देखिएको छ । उनी अस्पतालको सम्पर्कमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको विज्ञप्तिमा जनाइएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । आइतबार नै वीरगन्जका दुईजना पुरुषमा पनि संक्रमण पुष्टि भएको थियो । संक्रमितमध्ये १६ जना भने निको भएर घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया