Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – उदयपुरमा २० स्वास्थ्यकर्मीसहित १ सय पाँचजनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ देखाएको छ ।

चौदण्डीगढी नगरपालिका-५ सिवाईका ५८घर परिवार, त्रियुगा नगरपालिका-१ मथियाहीका २७जनासहित २० स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ देखाएको हो । प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रदेश नम्बर -१ बिराटनगर र जिल्ला जन स्वास्थ्य कार्यलाय उदयपुरको संयुक्त चिकित्सकहरुको टोलीले स्वाव संकलन गरिएको थियो ।

यता, उदयपुर भुल्केमा धेरै संख्यामा कोरोना संक्रमित भेटिएपछि जिल्लाभरी लकडाउन गरिएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले प्रदेश १ को प्रादेशिक प्रयोगशाला र प्रादेशिक स्वास्थ्य कार्यालयको संयुक्त सहयोगमा चौदण्डीगढीको सिवाइ, त्रियुगालगायतका विभिन्‍न ठाउँहरुबाट थ्रोट स्वाब नमूना संकलन गरी परीक्षणका लागि कोशी अस्पताल विराटनगरमा पठाइएको थियो ।

यसअघि छाउनीस्थित सेनाको चिकित्सक टोली उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केमा तीनदिनसम्‍म स्वाब संकलन गरेको थियो। जहाँ एकै दिन १२ जनामा र अर्को दिन १० जनामा कोरोना पोजिटिभ देखिएको थियो ।

तपाईको प्रतिक्रिया