आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

काठमाडौँ – विश्वभर फैलिएको कोरोना भाइरस महामारीबाट युरोपेली मुलुकहरु र संयुक्तराज्य अमेरिका सबैभन्दा बढी आक्रान्त बनेका छन् ।

पछिल्लो २४ घण्टामा  विश्वभर  ६ हजार ६०७ जनाको मृत्यु भएको छ ।

हिजो  विश्वभर ७९ हजार ९५९ जना संक्रमित थपिएका छन् । यो सँगै कूल संक्रमितको संख्या २६ लाख ३७ हजार ६७३ पुगेको छ ।

विश्वका २१० मुलुक र २ पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ८४ हजार २१७ पुगेको छ ।

आज बिहानसम्मको  तथ्यांकअनुसार जापानमा  कोरोना भाइरसको  संक्रमितहरुको संख्या (डाइमण्ड प्रिन्सेस क्रुजका ७१२ जना र चिनबाट चार्टर्ड गरी ल्याइएका १४ जना संक्रमित यात्रुहरुसहित) १२  हजार ७०६ जना पुगेको छ ।

पछिल्लो तथ्यांक अनुसार  भाइरसले (डाइमण्ड प्रिन्सेस क्रुजको  १३  यात्रुसहित) ३०७  जनाको ज्यान लिएको छ  ।

हालसम्म  जापानमा कोरोना संक्रमित नेपालीको संख्या ३ जना पुगेको छ । टोकियोमा २ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ भने ईबाराकी केनमा १ जनामा संक्रमण पुष्टि भएको छ ।

नेपालमा  कोरोना भाइरस संक्रमितको संख्या ४५  पुगेको छ। संक्रमितमध्ये ७ जना उपचारपछि निको भई घर फर्किसकेका छन्।

उपचारत सबैको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया