आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

टोकियो– बुधबार जापानभरमा ४ सय ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार हिजो दिनभरिमा टोकियोमा १ सय ३२ जना, ओसाकामा ३१ जना, खानागावामा २५ जना, चिबामा २२ जना, साइतामा ४० जना, फुकुओकामा २१ जना, ह्योगोमा १७ जना, होक्काइदोमा २२ जना, आइचीमा १९ जना, क्योतोमा ११ जना, इसिखावामा ९ जना तथा अन्य प्रिफेक्चरहरुमा गरि ४ सय ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

जापानको ठूला शहरहरु बिशेष गरि टोकियो र ओसाकामा दिनहुँ कोरोना भाइरसको संक्रमण बढिरहेको छ । त्यस्तै खानागावा, चिबा, साइतामा, ह्योगो र फुकुओकामा पनि संक्रमणको स्तर बढिरहेको छ ।

सबैभन्दा धेरै प्रभावित बनेको टोकियोमा हालसम्म ३ हजार ४ सय ३९ जना र ओसाकामा १ हजार ३ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ ।***

तपाईको प्रतिक्रिया