Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – कोरोना भाइरस (कोभिड-१९)विरुद्ध लड्न चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले नेपाललाई दिएको स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ । बुधबार नेपाल चीन व्यापारिक नाका तातोपानीमा चिनियाँ पक्षले उक्त सामग्री हस्तान्तरण गरेको हो ।

स्वास्थ्य मन्त्रालयका वरिष्ठ विशेषज्ञ रोशन पोख्रेललाई सामग्री हस्तान्तरण गरिएको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले जानकारी दिए । उनका अनुसारकोरोना रोकथामसँग सम्बन्धित करिब सवा ८ करोड रुपैयाँभन्दा धेरैको स्वास्थ्य सामग्री नेपालले बुझेको हो ।

प्राप्त सामग्रीमा १० हजार थान एन-९५ मास्क, १० हजार थान पीपीई, एक हजार थान इन्फ्रारेड थर्मोमिटर, पीसीआर मेसिन दुई थान, २० हजार थान टेस्टिङ किट र ५० थान वेट वाइप लगायत छ । चैत २८ गते तिब्बत सरकारको विदेश विभाग प्रमुखले नेपाली महावाणिज्यदूत गोविन्द कार्कीलाई उक्त स्वास्थ्य सामग्री ल्हासा हस्तान्तरण गरेकी थिइन् ।

काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ताले सार्वजनिक गरेको विज्ञप्तिअनुसार यो चरणमा नेपाल ल्याइएको स्वास्थ्य सामग्री अनुदानमा पठाइएको हो ।

तपाईको प्रतिक्रिया